पाख्रिबासमा यसरी मनाइयो ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस(फोटो फिचर)

धनकुटा । एक सय १५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पाख्रीबास नगरपालिकाले विभिन्न कार्यक्रम गरि मनाएको छ ।

सामाजिक विकास समिति संयोजक तथा वडाअध्यक्ष सम्झना आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हाजिरी जवाफ प्रतियोगिता ,कबिता बाचन,नृत्य,मेच घुमाइ तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो । हाजिरी जवाफ प्रतियोगिता तर्फ वडा नं ५ प्रथम ,वडा नं १ दाेस्राे ,वडा नं ८ तेस्राे र वडा नं ७ सान्त्वना भएकाछन् । त्यस्तै गरि कबिता बाचन प्रतियोगितातर्फ वडा नं ४ का दिपा भण्डारी पहिलाे , वाडा नं १ का ज्याेति न्याैपाने दाेस्राे , वाडा नं ५ का मिठु तेस्राे र वडा नं ४ का निक्की राई सान्त्वना भएका छन् ।

त्यस्तै नृत्य प्रतियोगिता तर्फ वाडा नं ४ पहिलाे , वडा नं ५ दाेस्राे ,वडा नं ९ तृतीय र वाडा नं ७ सान्त्वना भएको थियोे । यस्तै गरि मेच घुमाइ प्रतियोगिताका लागि १ वटै वडा बाट सिफारिस भइ आएका प्रतियोगिहरु बिच प्रतिस्पर्धा भएको थियोे । प्रतिस्पर्धामा वडा नं ७ पहिलाे ,वाडा नं १ दाेस्राे स्थान हासिल गरेका थिए । सम्पूर्ण प्रतियोगिताका बिजयि तथा विजेताहरुलाई नगद तथा सम्मानपत्र प्रदान गरेकाछन् ।

साेहि अवसरमा पुर्व उपमेयर तथा भुमि समस्या समाधान आयोगका सदस्य देबकला तिम्सिना सहित पुर्व महिला तथा दलित महिला जनप्रतिनिधि , प्रमुख पदमा महिला प्रतिनिधित्व भएका संघ संस्था र पाख्रीबास नगर भित्रका विभिन्न विद्यालयका महिला प्रधानाध्यापक गरि जम्मा १४ जनालाई सम्मानपत्र ,खदा अविरले कार्यक्रमका विशेष अतिथि तथा उपमेयर , नम्रता देउजा , अथिहरु र कार्यक्रमका अध्यक्षले सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा वडा अध्यक्षहरु, महिला तथा बालबालिका शाखा प्रमुख लगायत कर्मचारीहरुकाे उपस्थिति थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖