धनकुटामा युद्ध कवि तथा लेखक काङमाङ नरेश राईको एकल कविता वाचन
धनकुटा,२५ फागुन । युद्द कवि तथा लेखक काङमाङ नरेश राईको एकल कविता वाचन धनकुटामा सम्पन्न भएको छ ।
मिसन पोएट्री धनकुटाको आयोजनामा भएको कार्यक्रमा कवि राईले युद्धसम्बन्धि र एउटा समसामयिक कविता वाचन गरेका थिए । मुलत ब्रिटिश गोरखा सैनिकहरुले भोगेका विषय वस्तुमा आधारित कविताहरु राइले वाचन गरेका थिए ।
कविता मार्फत गोरखाली सेनाप्रतिको भेदभाव र अधिकारको आवाज बुलन्द कविता वाचन गरेक थिए । कार्यक्रमा विभिन्न कवि तथा साहित्यकारको उपस्थिती समेत रहेको थियो । पुर्खौली घर भोजपुर रहेका राईका आँसुको दोभान, खुकुरीको धारमा लाहुरेका कथाब्यथा, पानी पतिया लगायतका कृति प्रकाशित छन् ।

