धनकुटामा युवाहरुको लागि मनोविमर्श कार्यक्रम सम्पन्न
धनकुटा । धनकुटामा युवाहरुको लागि मनोविमर्श कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लाको धनकुटा नगरपालिका -४ स्थित वडाको सभाहलमा सल्लेरी मिडिया एण्ड रिसर्च प्रालि धनकुटाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाली समाजमा पछिल्लो समय आत्महत्याका घट्नाहरू बढ्दै गएको र यसको रोकथाम, न्यूनीकरण गर्ने बारे जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक श्याम सिंह चौधरीले अन्य देशमा जस्तै नेपालमा पनि आत्महत्या प्रमुख चुनौति र समस्याको रुपमा दिनानु दिन बढ्दै गएकोमा यसको रोकथाम तथा न्यूनीकरण सम्बन्धी मनोसामाजिक तथा मानसिक स्वास्थ्यको बारेमा प्रशिक्षण दिनुका साथै आत्महत्या र मानसिक स्वास्थय समस्याबारे जनचेतना फैलाउनु महत्वपूर्ण हुने बताउनु भयो ।
प्रमुख प्रहरी उपरीक्षक चौधरीले भने , युवा कार्यक्रम र सचेतनामुलक कार्यक्रमहरुले मानिसलाई यस विषयमा खुलास्त बनाउन र आत्महत्या निरुत्साहित गर्न सहयोग पुर्याउछ ।
यसैगरि कार्यक्रममा सल्लेरी मिडिया एण्ड रिसर्च प्रालि धनकुटाका अध्यक्ष रमेश चन्द्र अधिकारी र धनकुटा नगरपालिकाका स्वास्थ्य प्रमुख भोजराज भण्डारीले युवाहरुको लागि मनोविमर्श मन्तव्य दिनु भएको थियो ।





