धनकुटाको छथर जोरपाटी गाउँपालिकाले यसरी मनायो आठौं स्थापना दिवस(फोटो फिचर)

धनकुटा,२७ फागुन । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले आफ्नो आठौं स्थापना दिवस मनाएको छ । गाउँपालिकाले आज मंगलबार विविध कार्यक्रमको आयोजना गर्दै स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा शुभकामना व्यक्त गर्दै आर्यक्रमका प्रमुख अतिथि एवम् पूर्व मन्त्री तथा संघिय सांसद राजेन्द्रकुमार राईले जनप्रतिनिधीहरु जनताका सेवक भएकोले त्यस अनुसार नै काम गर्नु पर्ने बताउनु भयो । त्यस्तै उहाँले अहिले जनताको चाहना तिव्र विकास भएकोले जनप्रतिनिधीले त्यस तर्फ ध्यान दिनु पर्ने बताउनु भयो ।

त्यस्तै नेपाली कांग्रेस धनकुटाका सचिव विजयसन्तोषी राईले छथर जोरपाटी गाउँपालिका बनाउँनका लागि नेपाली कांग्रेसको ठूलो भूमीका रहेको र अहिले यहाँको विकासमा समेत कांग्रेसी नेता कार्यकर्ता जोड बल संग लागेको र आगामी दिनमा समेत यहाँ विकासमा आफुहरु लाग्ने बताउनु भयो ।

त्यस्तै गाउँपालिकाका पूर्व अध्यक्ष शेरबहादुर लिम्बुले अघिल्लो स्थानिय सरकारले ल्याएका कार्यक्रम लाई निरन्तरता दिएकोमा धन्यवाद दिनु भएको थियो । कार्यक्रमा गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत महेन्द्र बहादुर घिमिरेले यस आर्थिक बर्षको हाल सम्मक भएको आर्थिक तथा भौतिक प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष छत्र बहादुर सुब्बाले सबैले दिएका सकारात्मक सुझावलाई आफूले ग्रहण गर्ने र मतको सम्मान काम बाट देखाउदै आएको र आगामी दिनमा समेत काम गरेरै देखाउदै जाने बताउँनु भयो । कार्यक्रममा शुभकामना गाउँपालिका उपाध्यक्ष गिता गुरुङ्ग खेवाले राख्नु भएको थियो भने कार्यक्रमको संचालन शिक्षा शाखा प्रमुख निर्मला सुवेदीले गर्नु भएको थियो ।

स्थापना दिवसमा उत्कृष्ठ अंक ल्याएने विभिन्न तहका विद्यार्थी लाई पालिकाको तर्फबाट छात्रवृति प्रदान गरिएको थियो साथै कर्मचारी तथा पालिकका स्तरिय भलिबल प्रतियोगितामा प्रथम, दोस्रो हुने टोली लाई पुरस्कार वितरण समेत गरिएको थियो । कार्यक्रममा पालिकामा बसोबास गर्ने ११ बिभिन्न जातीको झाँकी तथा नाच प्रदर्शन गरीएको थियो ।

त्यस्तै धनकुटाको साँगुरीगढी गाँउपालिकाले पनि बिभिन्न कार्यक्रम आयोजना गरी पालिका दिवस मनाएको छ । जिल्ला समन्बय प्रमुख निरेन तामाङको प्रमुख आतिथ्यतामा पालिकाका जनप्रतिनिधि कर्मचारी, शिक्षक तथा स्थानियको सहभागीता स्थापना दिवस मनाएको हो । धनकुटाका सात पालिका मध्ये धनकुटा र पाख्रिवास नगरपालिका बाहेक अन्य पाँच पालिकाको स्थापना दिवस भएपनि दुइपालिकाले मात्र स्थापना दिवस मनाउने गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।