पीएम कप: गण्डकीमाथि लुम्बिनी प्रदेश १४ रनले विजयी

काठमाडौँ । जारी पीएम कपमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ । विहिबार सिद्धार्थनगर रंगशालामा सम्पन्न खेलमा लुम्बिनीले गण्डकीलाई १४ रनले पराजित गरेको हो ।

लुम्बिनीले दिएको २१८ रनको लक्ष्य पछाएको गण्डकीले ५० ओभरमा ९ विकेट गुमाउदै २०३ रन बनाएको थियो । गण्डकीका लागि अर्जुन कुमालले सर्बाधिक ६२ रन बनाए भने सुबास भण्डारीले ३० रन बनाएका थिए । त्यस्तै लुम्बिनीका बलर निर्मल गुरुङले ३ विकेट लिए भने बिप्रासन केसीले २ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको लुम्बिनी ४९.५ ओभरमा अल आउट हुदै २१७ रन बनाएको थियो । लुम्बिनीका लागि प्रज्वल थापाले सबधिक ७२ रन बनाए भने म्रिनल गुरुङले ३८, कप्तान देव खनालले ३३ रन बनाएका थिए । त्यसैगरी गण्डकीका बलर अमृत गुरुङले ३ विकेट लिएका थिए भने चन्द्र पौडेल र विपिन खत्रीले २-२ विकेट लिएका थिए ।

यो जित पछि लुम्बिनीको ३ खेलमा २ जित र एक हारसहित ४ अंक भएको छ भने गण्डकी प्रदेशको ३ खेलमा २ हार र एक जितसहित २ अंक रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।