नेपाल पत्रकार महासंघ धनकुटा शाखाका संस्थापक सदस्य श्रेष्ठको निधनमा महासंघद्वारा शोक व्यक्त
धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटा शाखाका संस्थापक सदस्य विष्णुमान श्रेष्ठको निधन प्रति महासंघले शोक व्यक्त गरेको छ ।
महासंघले शोक वक्तव्य जारी गर्दै संस्थापक सदस्य स्व श्रेष्ठ प्रति शोक व्यक्त गरेको हो । महासंघका सचिव हरि बहादुर लम्जेलद्धारा हस्ताक्षरित शोक वक्तव्यमा संस्थापक सदस्य श्रेष्ठको असामयिक निधन भएकोमा नेपाल पत्रकार महासंघ मर्माहत र स्तब्ध भएको उल्लेख छ ।
नेपाल पत्रकार महासंघ धनकुुटा शाखा २०४९ सालमा स्थापना हुदा सदस्य, २०४९ साल फागुुन २२ गते सम्पन्न पहिलो जिल्ला अधिवेशनबाट उपाध्यक्ष र २०५१ साल फागुन २९ गते सम्पन्न दोश्रो जिल्ला अधिवेशनबाट सदस्य हुनुभएको श्रेष्ठको ८७ बर्षको उमेरमा आज विहान निधन भएको हो ।



