धनकुटा नगरपालिकाका २३ सहकारीलाई कारबाही गर्ने चेतावनी
धनकुटा । धनकुटा नगरपालिकाले समयमा लेखा परिक्षण नबुझाउने, साधारणसभा नगर्ने नगरपालिकामा संचालित २३ सहकारीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
धनकुटा नगरपालिकाले धनकुटा नगरपालिकाको सहकारी ऐन २०७५ को दफा २८ को उपदफा २ बमोजिम धनकुटा नगरपालिकामा दर्ता भएका सहकारी संस्थाले प्रत्येक आर्थिक बर्ष समाप्त भएको ६ महिना भित्र बोलाउनु पर्ने तथा सोही ऐनको दफा ५२ को उपदफा १ बमोजिम आर्थिक बर्ष समाप्त भएको ३ महिना भित्र लेखा परिक्षण प्रतिवेदन बुझाउनु पर्ने भए पनि अझै नगरपालिका भित्र संचालित २३ वटा सहकारी संस्थाले नियम अनुसार साधारणसभा गरेको र लेखापरिक्षण गरेको विवरण नबुझाएकोले १५ दिन भित्र सम्पूर्ण कागजात बुझाउनका लागि सुचना जारी गरिएको र त्यस लाई समेत अटेर गरे नगरपालिकाको सहकारी ऐन अनुसार संस्थाको दर्ता खारेजी समेत गर्ने गरिप्रकृया अगाडी बढाइएको धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दशरथ राईले जानकारी दिनु भयो ।
निर्धारित समयमा साधारणसभा नगर्ने तथा लेखा परिक्षण नबुझाउनेमा ८ वटा बचत तथा ऋिर्ण सहकारी, २ वटा बहुउद्धेश्य सहकारी, २ वटा दुग्ध सहकारी, १ वटा उपभोक्ता सहकारी, १ वटा खेलकुद सहकारी, ९ वटा कृषि सहकारी रहेको समेत नगरपालिकाकाले जनाएको छ ।


