आफुहरुको माग पूरा गर्न आन्दोलनको विकल्प नरहेको
धनकुटा । आफुहरुको माग पूरा गर्न आन्दोलनको विकल्प नरहेको शिक्षकहरुले बताएका छन् । आईतवार धनकुटामा सञ्चालित नेपाल शिक्षक संघको जिल्ला प्रतिनीधि सभामा बोल्दै शिक्षकहरुले आफुहरुको माग पुरा गराउन आन्दोलन गर्न पर्ने बताएका हुन् ।
सभामा नेपल शिक्षक संघ कोशी प्रदेश कार्य समितीका अध्यक्ष तेज प्रसाद चौलागाईले सरकारले नेपाली शिक्षकहरुको उचित मागहरु वेवास्ता गरेकोले अव सशक्त आन्दोलनको विकल्प नरहेको वताउनु भयो । उहाले अवको शिक्षकहरुको आन्दोलनले सरकारलाई घुडा टेकाएर छोड्ने समेत वताउनु भयो ।
सभामा नेपाली कांग्रेस धनकुटाका पूर्व सभापती हरी कुमार राईले शिक्षकहरुले आफ्नो माग आन्दोलन मार्फत पुरा गराउनु पर्नेमा जोड दिनु भयो । त्यस्तै जिल्ला सचिव विजय सन्तोषी राईले नेपालमा व्यवसायिक,उत्पादन मूलक र जीवन उपयोगी शिक्षा आवाश्यक रहेको धारणा राख्नु भयो ।
नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्र वहादुर लिम्बुको अध्यक्षता सञ्चालित सभामा नेपाल शिक्षक महासंघका केन्द्रिय सदस्य गंगाराम ढुंगाना,नेपाल शिक्षक संघ कोशी प्रदेशका उपाध्यक्ष राम कुमारी भण्डारी,नेपाल शिक्षक संघ धनकुटाका पूर्व अध्यक्षहरु विश्वनाथ दाहाल,इश्वरी प्रसद अधिकारी,शिक्षक रामचन्द्र अधिकारी नेपाल शिक्षक संघ धनकुटाका पूर्व जिल्ला सचिव हरी प्रसाद दाहाल लगायतले शिक्षकहरुले अव आन्दोलनको आधिवेहरी ल्याउने वताए । सभाकोे संचालन जिल्ला सचिव रोहीणी पाण्डेले गर्नु भएको थियो । स्वागत मन्तव्य जिल्ला उपाध्यक्ष टिकाराम श्रेष्ठले राख्नु भएको थियो ।
सभामा नेपाल शिक्षक संघ धनकुटाका महिला उपाध्यक्ष शोभा वराल,जिल्ला सचिव संगठन तर्फ रोहणी पाण्डे,जिल्ला सचिव अर्थ तर्फ भोला भट्टराईले आ आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सोही अवसरमा नेपाल शिक्षक संघ धनकुटा नगरका अध्यक्ष लक्ष्मी सापकोटा, पाख्रिवास नगरका अध्यक्ष राजेन्द्र धमला,महालक्ष्मी नगरपालिका अध्यक्ष राम ढकाल,सागुरीगढीका अध्यक्ष कुल प्रसाद दाहाल,चौविसे गाउपालिका अध्यक्ष चिञ्जिवी अधिकारी,सहिदभूमीका अध्यक्ष लोकेन्द्र राई र छथरजोरपाटी गाउपालिका अध्यक्ष हरी प्रसाद दाहालले आ आफ्नो पालिकाको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
नेपाल शिक्षक संघ धनकुटाले संघका पूर्व जिल्ला अध्यक्षहरु विश्वनाथ दाहाल र इश्वरी प्रसाद अधिकारीलाई लोकतान्त्रिक शिक्षक सम्मान गरेको छ । यसैगरी नेपाल शिक्षक संघ धनकुटाले नेपाल शिक्षक महासंघका केन्द्रिय सदस्य ढुंगाना,गोकुण्डेश्वर माविका उत्कृष्ट विज्ञान शिक्षक लक्ष्मी सापकोटालाई अभिनन्दन र बुढुवा हुनु भएका शिक्षकहरुलाई बधाई ज्ञापन गरेको छ ।
उत्कृष्ट पालिकाको रुपमा नेपाल शिक्षक संघ सहिदभूमी गाउपालिका कार्य समितिलाई यस बर्षको उत्कृष्ट पालिका कार्य समिती घोषणा गर्दै पुरस्कृत गरेको नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष लिम्बुले वताउनु भयो ।


