धनकुटाको भेडेटारबाट १५ किलो गांजा सहित एक जना पक्राउ
धनकुटा,चैत १२ । धनकुटामा लागुऔषध गांजा सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको सहिदभूमि गाउंपालिका ७ का ३२ बर्षिय चिरन्जीवि राई रहेका छन् ।
आज करिब ११:५० बजे खाँदबारीबाट बिराटनगरतर्फ आउँदै गरेको को १ ख ३८०४ नम्बरको यात्रुबाहक बसमा गुठीटारबाट चढेको यात्रुले जेब्रा झोला बोकी चढेको र शङ्कास्पद रहेको विशेष सूचनाको आधारमा जाँच गर्दा बसको सिटमुनि राखेको झोलामा १५ केजी लागुऔषध गाँजा फेला परेपछि राईलाई उक्त गाँजासहित इलाका प्रहरी कार्यालय भेडेटारले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले धनकुटा खबरलाई जानकारी दिए ।
पक्राउ परेका राईको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


