धनकुटामा १ सय ५ किलो गांजा सहित एक जना पक्राउ
धनकुटा,चैत १४ । धनकुटामा १ सय ५ किलो गांजा बोकेको अटो सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको सहिदभूमि गाउंपालिका १ स्थित सेती चोक बस्ने अन्दाजी २६ बर्षिय अभिषेक बिक रहेका छन् ।
अभिषेकले चैत १३ गतेका दिन को १ ह ९१३३ नम्बरको अटोमा लोड गरी रातमाटेतर्फ लैजांदै गरेको ७ बोरा लागुऔषध(१ सय ५ किलो) गाँजा सहित इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको गस्ती टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
गांजा,अटो सहित पक्राउ परेका बिकको थप अनुसन्धान भइरहेको छ ।


