धनकुटामा पहिचान नखुलेको वृद्ध मृत फेला
धनकुटा,१४ चैत । धनकुटामा एक वृद्ध ब्यक्तिको लास फेला परेको छ ।
जिल्लाको सांगुरीगढी गाउंपालिका ९ चांदी बजार स्थित सदुवा खोलाको ओढारमा आज करिब दिनको ४ बजे उक्त शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
अन्दाजी ७० बर्षिय नाम,थर,ठेगाना नखुलेको कालो ज्याकेट र निलोमा कालो रंगको मिसिएको धोती लगाएको,हेर्दा तराई मूलको जस्तो देखिने उक्त ब्यक्ति मागी खाई हिंड्ने गरेको बुझिएको प्रहरीले जनाएको छ ।
मृतकको लाश पोष्टमार्चमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको साथै शवको पहिचानको लागि आवश्यक प्रकृया अगाडि बढाइ घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ ।


