धनकुटामा एमालेको मोटरसाइकल र्‍याली र जागरण सभा

धनकुटा,१८ चैत । नेकपा एमाले धनकुटाले आज राजावादीका नाममा सुरु गरिएका गतिविधिको बिरोध गर्दै धनकुटामा मोटरसाइकल र्‍याली निकालेको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र, यसबाट प्राप्त उपलब्धी र संविधानको रक्षाका लागि भन्दै आज एमाले धनकुटाले सदरमुकामको बसपार्कबाट बिरोध र्‍याली निकालेको हो ।

र्‍याली बसपार्कबाट सुरु भएर त्रिबेणी, डाँडागाउँ, मदनचौक, भीमनारायण चौक, माथिल्लोकोप्चे तल्लोकोप्चे टुडिखेल हुँदै फेरी मदन चौकमा पुगेर जागरण सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै नेताहरुले अहिलेको उपलब्धी ल्याउनका लागि ठूलो संघर्ष र बलिदान भएको र यसको रक्षाका लागि सबै धनकुटेली जनता सहित देशबासीले आाज उठाउनु पर्ने बताएका थिए ।

र्‍यालीका सहभागीले संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षा, पूर्ण प्रेस स्वतन्त्रता, राष्टिय स्वाधीनताको रक्षाको पक्षमा नारा लगाएका थिए ।उनिहरुले राजावादी आन्दोलनका नाममा भइरहेका गतिविधि प्रति आक्रोस ब्यक्त गरेका छन् । सभामा सहभागी हुन धनकुटाका सात वटै पालिका र ६० वडाबाट एमाले नेता कार्यकर्ता धनकुटा सदरमुकाम आएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖