धनकुटाको महालक्ष्मीमा बिद्युत सर्ट हुंदा एक घरमा आगलागी
धनकुटा,१९ चैत । धनकुटामा आगलागी हुंदा एक घर आंशिक रुपमा जलेको छ ।
जिल्लाको महालक्ष्मी नगरपालिका २ स्थित मुलखर्क बस्ने नन्द कुमार थापाको घरमा आज बिहान करिब ८ बजे आगलागी भएको हो ।
बिद्युत सर्ट भइ भएको आगलागीबाट ढुङगा माटोले बनेको टिनको छानो भएको २ तल्ले घर आंशिक रुपमा जलेको, घरमा भएको अन्नपात, लत्ताकपडा, काठपात समेत जलि नष्ट हुंदा करिब १ लाख ५० हजार बराबरको क्षति भएको छ ।
आगलागीबाट मानबिय तथा चौपाय क्षति नभएको र आगलागीलाई स्थानियबासी र प्रहरीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।-सांकेतिक तस्बीर


