धनकुटाबाट तीन सय किलो गांजा र कार सहित एक जना पक्राउ
धनकुटा,चैत २० । धनकुटामा गाँजा सहित कार र एक जना पक्राउ परेका छन् ।
जिल्लाको सांगुरीगढी गाउंपालिका ६ कामछेकबाट तीन सय किलो गांजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।
चैत १९ गते राती भेडेटार-रबि रांके सडक खण्डमा को १ च ३४७८ नम्बरको रातो सुजुकी कारमा राखेर लैजांदै गरेको अवस्थामा उक्त गांजा फेला परेको हो ।
कारमा सवार मोरङको बिराटनगर -१५ बस्ने २६ बर्षिय पृन्स कुमार साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले कारलाई शंका लागी जाँच गर्दा कारभित्र कालो प्लाष्टिकले बेरी पोका पारी राखेको १० पोका (प्रति पोका ३० केजी) लागुऔषध गाँजा भेटिएको हो ।
कार चालक फरार भएकोले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


