धनकुटामा ६८ औं सहकारी दिवसको अवसरमा प्रभात फेरी र सभा
धनकुटा, २० चैत । मर्यादित सहकारी समुन्नत समाज भन्ने नाराका साथ आज ६८ औं रास्ट्रीय सहकारी दिवस मनाइदै छ । ६८ औं रास्ट्रीय सहकारी दिवस तथा अन्तर्राष्ट्रिय सहकारी बर्ष २०२५ को उपलक्ष्यमा धनकुटामा प्रभात फेरी आयोजना गरिएको छ ।
जिल्ला सहकारी संघ धनकुटाले आयोजना गरेको प्रभात फेरीको आयोजना गरेको हो । प्रभात फेरीका सहभागीले सहकारीमा सुशासन, स्वाधीन अर्थतन्त्रका लागि सहकारी, मर्यादित श्रम र पर्यटनमा सहकारी लेखिएका प्लेकार्ड बोकेका थिए ।
प्रभात फेरि मदन चौकबाट सुरु भएर हुलाकटोल, भीमनारायण चौक हुँदै श्रीपन्चमी पार्कमा पुगेर सभामा परिणत भएको थियो । धनकुटामा बचत तथा ऋण, दुग्ध, पर्यटन, बहुउद्देश्यीय, कृषि, कर्मचारी, शिक्षक र बिधुत लगायत ३ सय २० सहकारी संस्था संचालनमा छन ।
प्रभात फेरी कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटा प्रमुख निरेन तामाङ, जिल्ला सहकारी संघ धनकुटा अध्यक्ष खगेन्द्र सुवेदी, सचिव तिलबहादुर महत लगायत सहकारी आबद्ध विभिन्न व्यक्तिहरुको उपस्थित रहेको थियो ।



