आइपीएलमा गुजरातको दोस्रो जीत

काठमाडौं, २१ चैत । इन्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सले दोस्रो जित निकालेको छ ।

 रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गर्र्दै गुजरातले ८ विकेटले दोस्रो जीत निकालेको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको बैंगलरूले ८ विकेट गुमाउँदै एक सय ७० रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा गुजरातनले १७.५ ओभरमै २ विकेट गुमाएर लक्ष्य चुमेको हो ।

 

आइपिएलको १४औं खेलमा जुगरातलाई जित दिलाउन बटलरले ३९ बलमा आक्रमक ब्याटिङ गर्दै पाँच चौका र ६ छक्कासहित सर्वाधिक ७३ रन बनाउन सफल भए भने  साइ सुदर्शनले ४९ तथा सेर्फान रुथरफोर्डले ३० रन जोडेका थिए ।

 

बटलर र सुदर्शनले दोस्रो विकेटको लागि ४७ बलमा ७५ रनको साझेदारी गर्दा बटलर र रुथरफोर्ड अविजित ६३ रनको साझेदारी गरेर गुजरातको जीतमा योगदान गरे ।

 

जितपछि गजरात ३ खेलमा चार अंकसहित चौथो स्थानमा उक्लिएको छ भने पहिलो हारपछि आरसिबी समान अंकसहित तेस्रो स्थानमा छ ।

 

चार टोलीको समान ४ अंक रहँदा नेट रनरेटका आधारमा पञ्जाव भने शीर्ष स्थानमा पुगेको छ ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖