इक्युवालिटि कप क्रिकेटको उपाधि मोरङलाई

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा भएको चौथोँ संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिताको उपाधि साविक विजेता मोरङले जितेको छ ।

बिहिबार भएको फाइनल खेलमा सप्तरीलाई ८ विकेटले पराजित गर्दै लगातार तेस्रो पटक उपाधि जिेको हो । पहिलो संसकरणमा मोरङले झापासँग पराजित भए यता लगातार उपाधि जित्दै आएको छ ।

टस हारेर ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा ९ विकेट गुमाई ८१ रन जोडेको छ । सप्तरीकी साक्षी यादवले २८ रन बनाउँदा दिपा रामले अविजित १५ रनको योगदान दिइन् । मोरङकी प्लेयर अफ फाइनल क्रितिषा धामीले ५ विकेट लिइन् । उनले किफायती बलिङ गर्दै ४ ओभरमा १ मेडन राख्दै ९ रन दिइन् । धामीबाहेक बन्धना राजवंशीले ३ विकेट लिइन् ।

८२ रनको लक्ष्य पछ्याएको मोरङले ११ दशमलव १ बलमा २ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । मोरङको जितमा सानु राजवंशीले अविजित ४० रन बनाउँदा कप्तान टिका साहले १५ रनको योगदान दिइन् । सप्तरीकी साक्षी यादवले १ विकेट लिँदा अपेक्षा यादवले पनि १ विकेट लिइन् ।

प्रतियोगिताको प्लेयर अफ सिरिज सिरहाकी सरस्वती चौधरी घोषित हुँदा उत्कृष्ट ब्याटर सप्तरीकी साक्षी यादव, उत्कृष्ट बलर मोरङकी क्रितिषा धामी र उत्कृष्ट विकेट किपर मोरङकी प्रिंसा राना मगर घोषित भइन् ।

प्रतियोगितालाई म्यारिलीबोन क्रिकेट क्लब फाउण्डेशन र क्रिकेट विथआउट बाउण्ड्रीजको सहयोगमा क्रिकेटमा महिलाको सहभागिता अभिवृद्धि अभियान अन्तर्गत इक्युवालिटि कप क्रिकेट आयोजना भएको हो ।

विजयी तथा अन्य खेलाडीलाई प्रमुख अतिथि कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डे, मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष महमद साद बाबु र नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठ लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।