पाख्रीवासमा कृषि फार्म तथा कृषकहरुलाई हाते ट्याक्टर, माहुरीको घार र फलफुल टिप्न उपयोग गरिने सामाग्री वितरण
धनकुटा । धनकुटाकाे पाख्रीवास नगरपालिकाले नगरका विभिन्न वडाका कृषि फार्म तखा कृषकहरुलाई हाते ट्याक्टर, माहुरीकाे घार र फलफुल टिप्न उपयाेग गरिने सामाग्रि वितरण गरेकाे छ ।
नगरपालिकामा आज एक कार्यक्रमकाे आयाेजना गरि कृषि फम तथा कृषकहरुलाई ८५ प्रतिशत अनुदानमा ८ वटा हाते ट्याक्टर वितरण गरेकाे हाे । हाते ट्याक्टर पाउने फमहरुमा लक्ष्मी कश्यप कृषि तथा पशु पालन फम पाख्रीवास २, प्रकाश कृषि तथा पशुपंक्षि फम पाख्रीवास ३, हिमाली व्यवसायिक कृषक समूह पाख्रीवास ४ सुयाेग कृषि तथा पशुपंक्षि फम पाख्रीवास ६,थाक्ले देउराली कृषि सहकारी संस्था लि. पाख्रीवास ७, जलकञ्या कृषक समूह पाख्रीवास ८, लिसुम्बु कृषि सहकारी संस्था लि. पाख्रीवास ९ र नमूना बहुउद्दश्यीय कृषक समूह पाख्रीवास १० रहेका छन् ।
त्यस्तै नगरका १ सय भन्दा बढी कृषकहरुलाई माहुरीकाे घार वितरण गरिएकाे छ भने आँप टिप्नका लागि उपयाेग गरिने सामाग्री पनि किसानहरुलाई वितरण गरिएकाे पालिकाकाे कृषि शाखाले जनाएकाे छ । ती सामाग्रीहरु नगरप्रमुख ज्ञान बहादुर गुरुङ, उपप्रमुख नम्रता गाैतम, ३ नं वडाध्ययक्ष तथा आर्थिक विकाश शाखा संयाेजक सराेज राई, ४ नं वडाध्यक्ष सन्ताेष मानन्धर लगायतले संयुक्त रुपमा किसानहरुलाई हस्तान्तरण गरेकाे कृषिशाखा प्रमुख ईन्द्रमाया तामाङले जानकारी दिनु भयाे ।
आर्थिक वर्ष २०८१/८२ काे वार्षिक स्वीकृत कार्यक्रम अनुसार ती सामाग्रिहरु वितरण गरिसकेपछि त्यसलाई कसरी चलाउने भन्नेवारे प्रशिक्षण पनि दिईएकाे छ ।हाते ट्याक्टर पाउने मध्येका प्रकाश कृषि तथा पशुपंक्षी फमका सञ्चालक सुरज लिम्बुले नगरबाट किसाहरुलाइ सहयाेग प्राप्त भईरहेकाे बताउनु भयाे ।


