कोशी प्रदेशको पर्यटन योजना बनाउन मन्त्रालय धनकुटामा

नारायण कुमार राई/धनकुटा,२२ चैत । आउने बर्ष क२०८२ लाई पर्यटन बर्षका रुपमा मनाउने कोशी प्रदेशको कार्ययोजना निर्माणका लागि कोशी प्रदेश पर्यटन,बन तथा वावतारण मन्त्रालयले धनकुटामा सरोकारवाला संग छलफल गरेको छ ।

मन्त्रालयलको कोशी प्रदेश पर्यटन बर्ष २०८२ को सचिवालयको आयोजनामा जिल्लाका सरोकारवालाहरु र पर्यटन,बन तथा वावतारण मन्त्री सदानन्द मण्डल सहितको मन्त्रालयको टोली बीच छलफल भएको हो ।

सचिवालयका निर्देशक कृष्ण शाहले कोशी प्रदेशले २०८२ लाई पर्यटन बर्ष मनाउने कार्ययोजना बनाउन प्रदेशका सबै जिल्लामा छलफल कार्यक्रमको शुरुवात गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा सचिवालयका सह संयोजक भविन कमार श्रेष्ठको कार्यपत्रमाथि भएको छलफलमा धनकुटाका महत्वपुर्ण पर्यटकीय गन्तब्यहरु कार्यक्रमको सूचीमा समाबेश गर्न तथा सबै जिल्लालाई समान रुपमा कार्यक्रम बितरण गर्न जिल्लाका प्रतिनीधिहरुले सुझाव दिनुभएको थियो ।

कार्यक्रममा पर्यटन बर्ष मनाउने कार्यक्रमको प्रभावकारीताको लागि सबै जिल्लाका संचारकर्मीहरु संग सहकार्य गरेर काम गर्न नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष बिदुर खवासले सुझाव दिनुभयो ।

उद्योग बाणिज्य संघका अध्यक्ष बिजय सन्तोषी राईले जिल्लाका बिभिन्न सम्भावित क्षेत्रहरुमा पर्यटकहरु आकर्षित गर्न भोतिक संरचना निर्माणमा सहयोग गर्न माग गर्नु भएको छ ।

त्यस्तै जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ्गले जिल्लाका कृषि,पर्यटन,ब्यपार लगाएतका सरोकारवालाहरु संग पनि थप समन्वय गरेर काम गर्न सुझाव दिन्भयो ।

कार्यक्रममा मन्त्रालयका सचिव बिशाल घिमिरेले पर्यटन बर्ष मनाउन सबै जिल्लाबाट आएका सुझावहरुलाई समेटेर कार्ययोजना निर्माण गरिने जानकारी दिन्भयो ।

उहाँले पर्यटन बर्षको उद्घाटन प्रधानमन्त्री केपीओलीबाट तेह्रथुम स्थित बसन्तपुरको चुम्लुङ्ग पार्कमा २७ गते गरिने कार्यक्रम रहेको पनि जानकारी दिन्भयो ।

कार्यक्रको अन्त्यमा मन्त्री मण्डलले पर्यटन प्रवद्र्धनको माध्यमबाट कोशी प्रदेशको आर्थिक समृद्धिका लागि २०८२ लाई पर्यटन बर्षका रुपमा मनाउन लागिएको जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖