चौबिसेमा राष्ट्रपति रनिङ कप प्रतियोगिता चैत २७ बाट हुने
सैलेन्द्र तामाङ /चैत्र २२,चौविसे । चैत २७ गतेबाट धनकुटाको चौबिसे गाउँपालिका स्थित राजारानीमा १५ औ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुनेभएको छ ।
दुई दिन सम्म हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक संस्था जिल्ला खेलकुद बिकास समिति धनकुटाका अध्यक्ष मनोज राईले जानकारी दिनुभयो ।
‘राष्ट्रको लागि खेलकुद स्वास्थका लागि खेलकुद’ भन्ने मुल नाराकाका साथ राजानी स्थित पुण्य मा वि को खेल मैदानमा प्रतियोतिा सञ्चालन हुनेछ ।

प्रतियोगिताको संयोजन गरिरहेको नमुना बिद्यालय पुण्य मा.बि.का प्राधानाध्यापक युवराज कटुवालले पनि प्रतियोगिताको सबै तयारीको अन्तिम चरणमा रहेको जानकारी दिनुभयो ।
चौबिसे गाउँपालिकाको ब्यबस्थापनमा हुने उक्त प्रतियोगितामा जिल्लाका ७ स्थानिय तहका करिव पाँच सय बिद्यार्थीहरुको सहभागिता रहने पालिका अध्यक्ष राजकुमार चेम्जोङले जानकारी दिनु भयो ।
जसमा ६० देखि ६५ जना चौबिसे गाउँपालिकाका बिद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाउने उहाँले जानकारी दिनुभयो ।
उक्त प्रतियोगिताको पुर्व खानेपानी मन्त्री राजेन्द्र राईले उत्घाटन गर्ने कार्यक्रम रहेको चेम्जोङले जानकारी दिनुभयो ।
खेलको आयोजनाले बिद्यार्थीहरुमा भाइचाराको बिकास हुने र चौविसे गाउँपालिकाको पर्यटनको प्रचार प्रसारबाट पालिकाको अर्थिक क्षेत्रमा टेवा समेत पुग्ने चेम्जोङले जानकारी दिनुभयो ।
प्रतियोगितामा एथेलटिक्स तर्फ छात्रा/छात्रको एक सय,दुई सय,चार सय,आठ सय, १५ सय,तीन हजार मिटर दौड र चार गुना एक सय ,चार गुना चार सय मिटर तथा लङ जम्प,हाई जम्प,ट्रिपल जम्प,ज्याबलिङ्ग थ्रो,सटपुट खेल प्रतियोगिता हुनेछन् ।
त्यस्तै मार्सलआर्ट तर्फ छात्रा/छात्रको कराते,उसु,तेक्वान्दो र प्रतियोगिताको मुख्य आकर्षणको रुपमा भलिवल र कबड्डी खेल रहने पालिकाले जानकारी दिएको छ ।
प्रतियोगितामा सबैभन्दा बढ्री अंक ल्याउने खेलाडी छात्रा÷छात्रहरुले कोशी प्रदेशमा हुने प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीतामा सहभागी हुनेछन् ।
गत बर्षको राष्टपति रनिङ्ग शिल्ड प्रतियोगिता महालक्ष्मी नगरपालिकाको दमार बेंसीमा सम्पन्न भएको थियो । (प्रशिक्षार्थी पत्रकार)


