संखुवासभामा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने एक युवक पक्राउ
संखुवासभा । संखुवासभाबाट १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा खाँदबारी नगरपालिका-८ का २५ वर्षीय नवराज कट्टेल छन् ।उनलाई आइतबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।


