झापामा चट्याङ लाग्दा एक जनाको मृत्यु

झापा । आज बिहान पानीसँगै परेको चट्याङ लागेर झापामा एक जनाको मृत्यु भएको छ ।

चट्याङ लागेर पाँचथर मिक्लाजुङ गाउँपालिका-३ आरुभोटे स्थायी घर भई हाल झापा गौरादह नगरपालिका-५ बालुबथान बस्ने ५४ वर्षीय दूधकुमार लावतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

स्थानीय गोमनाथ चेम्जुङको खेती अधिया गरी बस्दै आएका लावतीलाई आज बिहान ७ बजे किचन कोठामा खाजा खाने क्रममा चट्याङ लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना पश्चात् इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय गौरादहको टोली शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि दमक अस्पताल पठाएको जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।