धरानको जंगलमा मृत चुन कुमारी प्रकरण : श्रीमान कोरियामा, भाइ बुहारी र बहिनी मिलेर श्रीमतीको हत्या

सुनसरी । सुनसरीको धरान ६ स्थित पाँचकन्या जङ्गलमा मृत फेला परेकी चुनकुमारी बुढाथोकीको हत्या भएको खुलेको छ ।

पानवारीस्थित पाँच कन्या जङ्गलमा मृत भेटिएकी चुनकुमारी बुढाथोकीको हत्यामा संलग्न रहेको आरोपमा उनका देवर, देवरानीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका एक जना परिवारका सदस्य भन्दा बाहिरका रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा मृतकका देवर, देवरानी, नन्द र एक सहयोगी छन् । उनीहरूलाई प्रहरीले भाग्ने क्रममा बिहीबार राती झापा र मोरङबाट पक्राउ गरेको हो ।

घटनामा अन्यको पनि संलग्नता हुन सक्ने आधारमा थप अनुसन्धान भइरहेको जनाइएको छ । सुनसरीको धरान उपमहानगरपालिका–६ स्थित पाँचकन्या सामुदायिक वनमा गत सोमबार दिउँसो १२ः३० बजेतिर अर्धनग्न अवस्थामा चुनकुमारी मृत फेला परेकी थिइन ।

प्रहरी स्रोतका अनुसार चुनकुमारीलाई फकाएर सो जङ्गल क्षेत्रमा पुराएर हत्या गरिएको अनुसन्धानबाट खुलेको छ । उनको घाँटी र शरीरका अन्य भागमा चोट देखिएको थियो । महालक्ष्मी–१ माइती भएकी चुनकुमारी विगत २ वर्षदेखि सुनसरी इटहरीको हलगडामा बस्दै आएको प्रहरीले जनाएको छ ।

उनका श्रीमान प्रेमबहादुर बुढाथोकी वैदेशिक रोजगारीका लागि कोरियामा रहेको प्रहरीले जनाएको छ । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं १ माइतीघर र वडा नं २ घर भएकी चुनकुमारी इटहरीको हलगडामा डेरामा बसेर छोरा पढाएर बस्ने गर्थिन।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖