विराटनगर महानगरको फायर ब्रिगेड टोलीलाई रोटरीको सहयोग

विराटनगर । रोटरी क्लब अफ विराटनगर र मिडटाउनले विराटनगर महानगरलाई अग्नि नियन्त्रणका लागि सुरक्षा सामग्री हस्तान्तरण गरेको छ ।

क्लबले महानगरको फायर ब्रिगेड टोलीका लागि सुरक्षा सामग्री हस्तान्तरण गरेको हो । विराटनगरमा आयोजित कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचन, पूर्वडिष्ट्रिक्ट गभर्नर सन्तोष रिजाल, रोटरीका अध्यक्ष मनोजविक्रम शाहलगायतले महानगरका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, वारुणयन्त्र शाखाका प्रमुख एवं नगर प्रहरीका प्रमुख राजन पौडेल, सरसफाई शाखाका प्रमुख पुनमकुमार दाहाललगायतलाई सुरक्षा सामग्री हस्तान्तरण गरेका थिए ।

विराटनगर महानगरपालिकाअन्तर्गत सञ्चालित वारुणयन्त्रकर्मीका लागि सुरक्षित रहन स्रोत साधनको कमी थियो । कतै आगो लागेमा आफू सुरक्षित रहँदै अग्नि नियन्त्रण गरुन् भनेर वारुणयन्त्रकर्मीलाई सुरक्षा सामग्री हस्तान्तरण गरिएको क्लबका अध्यक्ष मनोजविक्रम शाहले जानकारी दिए ।

उनका अनुसार महानगरको फायर ब्रिगेड टोलीलाई ७ थान आगो नलाग्ने ट्रयाक, ट्राउजर, बुट, हेलमेटलगायतका सामग्री प्रदान गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖