लेटाङको बथाहमा भिरवाट खसेर एक युवकको मृत्यु
लेटाङ । मोरङको लेटाङ नगरपालिका वडा नम्बर–१ बथाहामा बाँस काट्ने क्रममा भिरबाट खसेर एक युवकको मृत्यु भएको छ। शनिबार अपरान्ह करिब ४:३० बजे बाँसघारीमा बाँस काट्ने क्रममा ३३ वर्षीय सन्तोष लिम्बू करिब ३० मिटर तल खस्दा गम्भीर घाइते भएका थिए।
घाइते लिम्बूलाई आफन्तहरूले उद्धार गरी उपचारका लागि नगर अस्पताल, लेटाङ बिरन ल्याए पनि साँझ ६:३० बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर लगिएको छ। घटनाको थप अनुसन्धान इलाका प्रहरी कार्यालय लेटाङका इन्स्पेक्टर राकेश रेग्मीको टोलीले गरिरहेको जनाईएको छ ।


