मोरंगको सुन्दरहरैंचामा विद्युत ट्रान्सफर्मर चोरी
मोरंग । मोरंगको सुन्दरहरैंचा–२ मा विद्युत ट्रान्सफर्मर चोरी भएको छ ।
सुन्दरहरैंचा नगरपालिका–२ जोगियारे स्थित विद्युत ट्रान्सफर्मर चोरी भएको छ। स्थानीयवासीका अनुसार रातको समयमा अज्ञात समूहले ट्रान्सफर्मर चोरी गरेका हुन्।
चोरीका कारण सो क्षेत्रका बासिन्दाहरू विद्युत आपूर्तिबाट बञ्चित भएका छन्। ट्रान्सफर्मर चोरी भएपछि स्थानीयवासीमा त्रास फैलिएको छ भने दैनिक कार्यमा समेत असर परेको थियो।
नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्ति पुनः सुचारु गरेको छ।-स्रोत : सुन्दरहरैचा अपडेट


