सुनसरीबाट लागुऔषध सहित १३ जना पक्राउ

सुनसरी,वैशाख ०५ गते । सुनसरीको विभिन्न स्थानहरुबाट लागू औषध सहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वैशाख ०४ गते सुनसरीको कोशी गाँउपालिका-१ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सुनसरीको रामधुनी- ५ का २० वर्षीय करण चौधरी, ईटहरी-४ का ४० वर्षीय पर्वत यादव, १९ वर्षीय रोमन चापाँगाई, १९ वर्षीय मिलन तामाङ, मोरङ सुन्दरहरैँचा नगरपालिका-५ का ४२ वर्षीय प्रेम कुमार राई, ३१ वर्षीय दिपेश तामाङ, सुन्दरहरैचा-६ का २५ वर्षीय अनिल खवास, २६ वर्षीय अजित श्रेष्ठ, सुनसरी धरान- ८ का २९ वर्षीय सरोज विश्कर्मा, सोही स्थानका ३४ वर्षीय किशोरको मादेन, सुनसरी धरान उप-महानगरपालिका-१० का २७ वर्षीय निरन श्रेष्ठलाई ब्राउन सुगर ३१.९६ ग्राम सहित नियन्त्रणमा लिएको छ ।

त्यसैगरी सुनसरी धरान उप-महानगरपालिका-११ स्थितबाट अस्थायी प्रहरी चौकी रेल्वे, धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सोही स्थानका ३१ वर्षीय रोशन राई र ३७ वर्षीय मिमाहाङ लिम्बुलाई ब्राउन सुगर ५३० मिलिग्राम र प्रतिबन्धित औषधी ट्रामोल-४० क्याप्सुल, कोलिवन-३० ट्याब्लेट सहित पक्राउ गरेको छ ।

लागू औषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।