एमाले महालक्ष्मी नगरको अध्यक्षमा कार्की विजयी

धनकुटा, ६ बैशाख । नेकपा एमाले महालक्ष्मी नगर कमिटीको अध्यक्षमा कमल कार्की निर्वाचित भएका छन् । नगरको दोस्रो अधिवेशनमा आज भएको मतदानबाट ११७ मत प्राप्त गर्दै कार्की अध्यक्षमा निर्वाचित भएका हुन् । उनले विष्णुप्रसाद दाहाललाई २२ मतान्तरले पराजित गरेका छन् ।

दाहालले ९५ मत पाएका छन् । सहमति जुट्न नसकेपछि अध्यक्ष र सचिव पदमा मतदान गरिएको थियो । ७५ सदस्यीय नगर कमिटीमा तीन पदाधिकारीसहित ७३ पद सर्वसम्मत चयन गरिएको एमाले जिल्ला कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख रविन कटेलले जानकारी दिए ।

उपाध्यक्षमा टलबहादुर गुरुङ सर्वसम्मत चयन भएका छन् । सचिवमा १२९ मतसहित मिलन बराल निर्वाचित भएका छन् । बराल ४७ मतान्तरले विजयी भएका हुन् । सचिवका अर्का उम्मेद्वार मन्दिप गिरीले ८२ मत प्राप्त गरेका छन् ।

उपसचिवमा डम्बरबहादुर कार्की र मैयाँ खड्का सर्वसम्मत चयन भएका छन् । कुल २२८ प्रतिनिधि मतदाता रहेको महालक्ष्मीमा २१७ मत खसेको थियो । जसमध्ये ५ मत बदर भएको प्रमुख निर्वाचन अधिकृत एवं एमाले धनकुटाका उपसचिव नैन विश्वकर्माले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖