मोरङ, सुनसरी र ताप्लेजुङमा सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु

विराटनगर, वैशाख ७ गते । मोरङ, सुनसरी र ताप्लेजुङको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

वैशाख ६ गते बिहान मोरङको उर्लाबारी-८ स्थित भित्रि सडक खण्डमा प्रदेश १-०२-४०प ७८८१ नम्बरको स्कुटर अनियन्त्रि भई दुर्घटना हुँदा स्कुटर चालक सोही स्थानका ५० बर्षीय नर कुमार लिम्बुको घटनास्थलमा नै मृत्यु भएको हो ।

सोही दिन सुनसरीको इटहरी उप-महानगरपालिका-२० स्थित कोशी लोकमार्गको पानीपिया जंगलमा धरानबाट इटहरी तर्फ आउँदै गरेको बागमती प्रदेश-०१-०३० च ४६१८ नम्वरको कार आफै अनियन्त्रित भई रुखमा ठक्कर लागी दुर्घटना हुँदा घाईते भएका कारमा सवार इटहरी-१ का ४० वर्षीय बिष्णु राउतको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको हो ।

यसै गरी ताप्लेजुङको फक्तालुङ-६ स्थित भित्रि सडक खण्डमा मे.१त ७७५८ नम्वरको गोलिया बोकेको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार फाक्तालुङ-६ का २६ बर्षीय भुछिरिङ शेर्पाको घटना स्थलमा नै मृत्यु भएको हो ।

घटना सम्वन्धमा सम्वन्धित प्रहरी कार्यालयबाट आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।