कोशी उच्च बाँध पिडित संघर्ष समितिमा असिम राई सर्वसम्मत चयन

नरेन्द्र कश्चित/वैशाख ८,धनकुटा । कोशी उच्च बाँध पिडितहरुको आम भेेलाले सहिदभूमि वडा नं २ का असिम राईलाई सर्वसम्मत अध्यक्ष पदमा चयन गर्दै ७१ सदस्यीय कोशी उच्च बाँध पिडित संघर्ष समिति चयन गरेको छ ।

यसैगरि उपाध्यक्षमा उदयपुरका लोकेन्द्र राई,सचिवमा सहिदभूमि वडा नं. १ धनकुटाका छत्र प्रसाद राई,सह-सचिवमा साँगुरीगढी गाउँपालिका धनकुटाका अजित राई र कोषाध्यक्षमा सहिदभूमि वडा नं. १ का चन्द्रकला राई सर्वसम्मत चयन गरिएको छ ।

सहिदभूमि गाउँपालिकाको वडा नं १ सिम्लेमा सहिदभूमि वडा नं. १ का वयोवृद्ध समाजसेवी गणेश नाइका राईको अध्यक्षतामा भएको भेेलाले ७१ सदस्यीय कोशी उच्च बाँध पिडित संघर्ष समिति सर्वसम्मत चयन गरेको हो ।
सप्तकोशी जनअधिकार मञ्चका केन्द्रीय अध्यक्ष बल बहादुर राईको प्रमुख आतिथ्यमा सम्पन्न भेेलामा कोशी उच्च बाँध निर्माण नेपाल र नेपालीहरुको हितमा नभएको र यो विषयमा २०६० सालदेखि आवाज उठाउदै आएको प्रमुख अतिथि राईले बताए ।

देशको राजनीतिक अस्थिरताका कारणबाट विगतदेखि हालसम्मै विदेशी शक्ति सम्पन्न राष्ट्रहरुले नेपालको जल,जमिन र जंगलमा हस्तक्षेपकारी नीति र हेपाहा प्रवृत्ति हाबि हुँदै आएको प्रमुख अतिथि राईले बताए ।यसको विरुद्धमा एक भएर लड्नुको विकल्प नभएको समेत प्रमुख अतिथि राईले बताए ।

उक्त भेलमा धनकुटा,भोजपुर र उदयपुरका गरि जम्मा २ सयको संख्यामा कोशी उच्च बाँध पिडितहरुको सहभागिता रहेको थियो ।साथै आगामी दिनहरुमा अन्य जिल्लाका कोशी उच्च बाँध पिडितहरुलाई निरन्तर समेट्दै लाने र संघर्षका थप कार्यक्रमहरु आयोजना गर्दै जाने निर्वाचित अध्यक्ष असिम राईले बताए ।

भेलामा हतुवागढी गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष एवं कोशी उच्च बाँध पिडित संजोग राई, अरुण गाउँपालिका वडा नं. ६ भोजपुरका समाजसेवी बुद्धिजीवी एवं कोशी उच्च बाँध पिडित चुुडामणि दाहाल,महालक्ष्मी नगरपालिका वडा नं. ५ का बुद्धिजीवी एवं कोशी उच्च बाँध पिडित दुर्गा प्रसाद पुरी, हतुवागढी गाउँपालिका वडा नं. ९ का समाजसेवी एवं कोशी उच्च बाँध पिडित साइमान राई, सहिदभूमि गाउँपालिका वडा नं.२ का समाजसेवी एवं कोशी उच्च बाँध पिडित बल्लरसिहं राई लगायतकाले कोशी उच्च बाँधका कारण हजारौको उठिबास हुने भएकोले बाँध बन्न नहुुने बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।