म शिक्षामन्त्री बन्न लागेको छैन, मलाई इच्छा पनि छैनः अञ्जान शाक्य

काठमाडौं, ९ बैशाख । राष्ट्रियसभा सदस्य डा. अन्जान शाक्यले केही सञ्चारमाध्ययममा आएका समाचारको खण्डन गरेका छन् । 
 
शिक्षामन्त्री विद्या भट्टराईले राजिनामा दिएपछि उनको स्थानमा शाक्य मन्त्री बन्ने भन्दै केही सञ्चारमाध्ययममा समाचार आएपछि उनले सामाजिक सञ्जालमार्फत खण्डन गरेकी हुन । 
 
‘म स्वयंलाई समेत जानकारी नभएको, रुचि नभएको र मेरो विज्ञता पनि नभएको मन्त्रालयसँग जोडेर डाक्टर अन्जान शाक्य शिक्षामन्त्री बन्दै भन्ने खालका भ्रमक र कपोलकल्पित समाचार प्रकाशन भएको जानकारी प्राप्त भयो । यो विषयमा मैले नवोल्दा वा कुनै प्रतिक्रिया नदिँदा पनि हुने हो । तर, मेरा शुभचिन्तक, मसँग सरोकार राख्ने र आफन्तहरुमा समेत यहि भ्रामक र कपोलकल्पित प्रचारका कारण भ्रम सिर्जना होला भनी सामान्य केही जानकारी गराउने प्रयास गरेको छु,’ उनले भने, ‘तपाईँहरुलाई जानकारी नै छ। म भर्खरै मात्र अन्तर–व्यवस्थापिका सङ्घ (आइपीयु) को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रबाट निर्वाचित भएर आएको छु । यसले  केही हदसम्म भए पनि नेपालको इज्जत र प्रतिष्ठा अन्तराष्ट्रिय स्तरसम्म लैजान र उच्चो बनाउन केही भूमिका खेलेको होला भन्ने विश्वास मैले लिएको छु । त्यसैले अहिले मेरो पहिलो कर्तव्य उक्त संस्थामा गरेका प्रतिबद्धता पूरा गरी नेपालको प्रतिष्ठा विश्व जगतमा थप उच्च पार्ने रहेको अवगत गराउन चाहन्छु ।’ 
 
उनले राष्ट्रिय सभाको विज्ञ सदस्यको हैसियतले अहिले ऐन कानुन बनाउन सक्रिय भूमिका खेल्नुपर्ने दायित्व भएको पनि स्मरण गराए ।  ‘त्यसैले अहिले तुरुन्तै मन्त्री भएर अहिलेका यी आफ्ना कर्तव्यबाट विमुख हुनुहुन्न भन्नेमा म प्रतिवद्ध छु  । मलाई विश्वास गरेर आइपीयुमा निर्वाचित गराएको अवस्थामा अन्तराष्ट्रिय क्षेत्रमा धोका दिनु हुन्न भन्नेमा पनि म प्रतिवद्ध छु,’ उनले भनिन,  ‘पूर्वराजदूतको समेत जिम्मेवारी सम्हालिसकेको अनुभव मात्रै होइन आफ्नो कर्तव्य र इमान्दारिताका लागि विश्व समुदायबाट सम्मानित भएर अन्तराष्ट्रिय पुरस्कारहरु समेत पाइसकेको व्यक्ति हुँ भन्ने जानकारी पनि यहाँ स्मरण गराउँन चाहन्छु ।’ 

उनले आफूलाई जानकारी भएअनुसार केही मानिसले आफूप्रति पूर्वाग्रह राखेर नै अहिलेको शिक्षा क्षेत्रमा देखिएका समस्यामा मुछ्ने प्रयास गरेको होला भन्ने ठानेको पनि उल्लेख गरे ।  ‘मेरा विरुद्ध भएका यस्ता मिथ्या प्रचार बाजीलाई सही ठानेर पूर्वाग्रही र कपोलकल्पित प्रचार–प्रसार नगरिदिनु हुन् सम्पूर्ण सञ्चारमाध्ययहरुलाई अनुरोध पनि गर्न चाहन्छु,’ उनले भनिन,  ‘गलत स्वार्थसहित केही सञ्चारमाध्ययममा कसैले फैलाएको भ्रमको पछि नलाग्न पनि म सबैलाई हार्दिक अनुरोध गर्दछु ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।