धरान जांदै गरेको बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका–७ मा बस र मोटरसाइकल ठक्कर हुँदा एक महिलाको मृत्यु र एक पुरुष घाइते भएका छन्।

झापाको काँकडभिट्टाबाट धरान जाँदै गरेको गोर्खा यातायातको बस (को १ ख ७४८२) ले मोटरसाइकल (स ४ प ५८४१) लाई ठक्कर दिएको हो।

उदयपुर बेलका–४ की ५५ वर्षीया कुमारी आचार्यको घटनास्थलमै मृत्यु भयो। मोटरसाइकल चालक, उनका भाइ इटहरी–४ का ३५ वर्षीय हरि शर्मा गम्भीर घाइते भएका छन् र विराटनगरमा उपचार भइरहेको छ।

बस चालक सुमनलाल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान जारी छ।-स्रोत :निलोपाटी

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖