मोरङ,सुनसरी र इलामबाट लागुऔषध ब्राउन सुगर सहित ७ जना पक्राउ

विराटनगर,वैसाख १२ गते । मोरङ,सुनसरी र इलामको विभिन्न स्थानबाट लागू औषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वैशाख ११ गते विराटनगर महानगरपालिका-१५स्थितबाट लागू औषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ केराबारी गाँउपालिका-१० का २२ वर्षीय बिर बहादुर तामाङलाई ३ ग्राम ९५ मिलिग्राम सहित पक्राउ गरेको छ ।

त्यसैगरी झापा मेचिनगर-६ स्थितमा लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले मोरङ मिक्लाजुङ-६ स्थाई वतन घर भई हाल झापाको दमक-८ की २८ वर्षीया मिना लिम्बु राईलाई १ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ, भने इलामको इलाम नगरपालिका-६ स्थितमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलिले सोहि स्थानका २२ वर्षीय सन्तविर तामाङ,२९ वर्षीय बिजय नेम्बाङ लिम्बु, सन्दकपुर-४ का ३० वर्षीय चेत बहादुर गुरूङ इलाम-७ का २७ वर्षीय सुप्रिम देवान इलाम-८ का ३१ वर्षीय रोहित आलमलाई ३ ग्राम २५ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।

ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖