इलाममा ज्वाईंले गरे जेठी सासूको हत्या

इलाम । इलाममा ज्वाईंले धारिलो हतियार प्रहार गरी जेठी सासू (पत्नीकी दिदी) को हत्या गरेका छन्। माई नगरपालिका-४, सिञ्जालीटारका ४२ वर्षे शान्तिराम दुलालले त्यही ठेगानाकी ५२ वर्षीया भूमिका चापागाईंको हत्या गरेका हुन्।

साँझ ७ बजेतिर टाउकामा हतियार प्रहार गरिएकामा राति १०:२० बजेतिर उपचारक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते चापागाईंको उपचार माई नगरमा हुन नसकेपछि झापाको बिएन्डसी अस्पताल लगिएकामा अस्पतालमै उनको मृत्यु भएको हो।

शान्तिराम र उनकी श्रीमतीको मानाचामल मुद्दा चलिरहेका बेला भूमिकासँग शान्तिरामको अदालत परिसरमा विवाद भएको स्थानीयले जनाएका छन्। विवादपछि भूमिकाले शान्तिरामविरुद्ध अवहेलना मुद्दासमेत दायर गरेकी थिइन्।

शान्तिरामलाई प्रहरीले पक्राउ गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।-स्रोत :निलोपाटी

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖