अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

सिडनी, २१ बैशाख । अष्ट्रेलियामा लेबर पार्टीले पुनः निर्वाचनमा जीत हासिल गरेको छ। ्र
 
निर्वाचन आयोगका अनुसार लेबर पार्टीले ८९ सिट जितेको छ भने विपक्षी लिबरल–नेसनल गठबन्धनले ३६ सिट जितेको छ । सरकार बनाउनका लागि ७६ सिट चाहिन्छ।
 
अल्बानीजको विजयले उनलाई दुई दशक पछि  पुनः चुनाव जित्ने पहिलो अष्ट्रेलियाली प्रधानमन्त्री बनाएको छ । सबैभन्दा भर्खरको अनुमान अनुसार, १५० सिटको तल्लो सदनमा कम्तिमा ८७ सिटका साथ उनले आफ्नो दोस्रो कार्यकाल सुरु गर्नेछन्।
 
लेबर पार्टीको जितले एन्थोनी अल्बानीज फेरि प्रधानमन्त्री हुने पक्का भइसकेकाे अवस्था छ । २१ वर्षमा पहिलो पटक कुनै लेबर नेता फेरि प्रधानमन्त्री बन्ने मौका पाएको हो । यसअघि सन् २००४ मा लिबरल पार्टीका जोन होवार्डले लगातार दोस्रो पटक चुनाव जितेका थिए ।

योसँगै विपक्षी उदार–राष्ट्रिय गठबन्धनले हार स्वीकार गरेको छ । विपक्षी उम्मेदवार पिटन डटनले पनि आफ्नै सिट गुमाएका छन । डिक्सन संसदीय सिटमा डुटनको हारलाई शताब्दीकै सबैभन्दा ठूलो राजनीतिक हार मानिएको छ। विपक्षी नेता पिटर डटनले चुनावमा हार स्वीकार गर्दै भने, ‘हामीले राम्रो प्रदर्शन गर्न सकेनौं, त्यसको पूर्ण जिम्मेवारी म स्वीकार गर्छु।’
 
अष्ट्रेलियामा हरेक ३ वर्षमा चुनाव हुन्छ । २८ मार्च २०२५ मा देशमा संसद विघटन भए पछि त्यसपछि सरकार कार्यकारी मोडमा गएको थियो। यसपछि २२ देखि ३० अप्रिलसम्म हुलाक मतदान भएको थियो ।
 
सन् २०२२ मा भएको पछिल्लो निर्वाचनमा लेबर पार्टीले ७७ सिट र लिबरल–नेसनल गठबन्धनले ५८ सिट प्राप्त गरेको थियो । यसपटक मुख्य प्रतिस्पर्धा प्रधानमन्त्री एन्थोनी अल्बानीजको लेबर पार्टी र विपक्षी नेता पिटर डटनको लिबरल–नेसनल गठबन्धनबीच थियो ।
 
अस्ट्रेलियामा नेपालमा जस्तै दुईवटा संसद  छन् । माथिल्लो सदनलाई ‘सिनेट’ र तल्लो सदनलाई ‘हाउस अफ रिप्रेजेन्टेटिभ’ भनिन्छ। तल्लो सदनमा बहुमत ल्याउने दल वा गठबन्धनको नेता प्रधानमन्त्री बन्नेछ। यसको १५० सिटका लागि आज मतदान हुँदैछ । यसको नतिजा मे ३ गते राति वा ४ मे बिहानसम्म आउनेछ ।
 
तल्लो सदनसँगै माथिल्लो सदनका ७६ मध्ये ४० सिटका लागि पनि आज मतदान हुँदैछ । यस सदनमा निर्वाचित सदस्यहरुको कार्यकाल ६ वर्षको हुन्छ । प्रत्येक ३ वर्षमा आधा सदस्य परिवर्तन हुन्छन ।
 
अष्ट्रेलियामा १८ वर्ष वा सोभन्दा माथिका सबै नागरिकले भोट हाल्नु अनिवार्य छ र यदि उनीहरूले अनावश्यक कारणले त्यसो नगरेमा २० अस्ट्रेलियन डलर जरिवाना तिर्नु पर्ने हुन्छ।

यहाँ प्रधानमन्त्री बन्न उमेरको हद छैन । अर्को शब्दमा, १८ वर्ष वा सोभन्दा माथिका व्यक्तिले मतदान गर्न सक्छन्, चुनाव लड्न सक्छन् र प्रधानमन्त्री पनि बन्न सक्छन्।
 
एन्थोनी अल्बानीज अष्ट्रेलियाका ३१ औं प्रधानमन्त्री र लेबर पार्टीका नेता हुन्। उनले २०२२ को चुनावमा स्कट मोरिसनलाई हराएर सरकार गठन गरेका थिए। उनकी आमा, मारियान एलेरी, आयरिश मूलका थिए भने  जबकि उनका बुबा, कार्लो अल्बानीज इटालियन मुलका थिए। अल्बानीजले सिड्नी विश्वविद्यालयबाट अर्थशास्त्रमा डिग्री लिएका छन्।
 
उनी १६ वर्षको उमेरमा लेबर पार्टीमा प्रवेश गरेका थिए । त्यसपछि सिड्नी विश्वविद्यालयका विद्यार्थी राजनीतिमा सक्रिय रहेका थिए । सन् १९९६ देखि उनी सिड्नीको इनर वेस्ट सिटबाट निरन्तर सांसद हुँदै आएका छन्, यो सिट लेबर पार्टीको गढ मानिन्छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।