धनकुटाको भेडेटारबाट लागुऔषध गांजा सहित तीन जना पक्राउ
धनकुटा,१ जेठ । धनकुटाबाट लागुऔषध गांजा सहित तीन जना पक्राउ परेका छन् ।
संखुवासभाबाट दमक जाँदै गरेको प्रदेश नम्बर १-०२-००१ ज ४६५९ नम्बरको इभी गाडीमा सवार जिल्लाको सहिदभूमि गाँउपालिका २ बस्ने २२ बर्षिया सन्तोष दर्जीले बोकेको हेण्डब्यागमा रहेको १२ किलो लागुऔषध गांजा सहित पक्राउ परेका हुन् ।
त्यसैगरि भोजपुरबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश नं१-०२-००१ ज ४४०९ नम्बरको इभी गाडीमा सवार मोरङ्गको सुन्दरहरैँचा नगरपालिका १० बस्ने २६ बर्षिया जयराम सरदार र सोही स्थानका १८ बर्षिया सुदिप सरदारको हेण्डब्यागबाट अन्दाजी ३ किलो गाँजा सहित नियन्त्रणमा लिइएको हो ।
आज सांझ करिब ६:४५ बजे जिल्लाको साँगुरीगढी गाँउपालिका ६ भेडेटार चोकमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको चेकिङ टोलीले निजहरुवाई गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।


