धनकुटाका किसान व्यावसायिक अदुवा खेतीमा

धनकुटा,१८ जेठ । धनकुटाको छथर जोरपाटी गाउँपालिका ४ का तल्लो क्षेत्रका किसान व्यावसायिक अदुवा खेती तर्फ लाग्न थालेका छन् ।
यहाँका अधिकांश किसानले पछिल्ला वर्ष अदुवा खेती लाई व्यावसायीक बनाउँदै लगेका छन् ।

बाँदर र अन्य जंगली जनावरले अन्य वाली भन्दा कम क्षेती गर्ने र मूल्य समेत राम्रो हुने भएकोले अदुवा खेती लाई व्यावसायीक बनाउँदै लगेको कृषक विमला घिमिरेले बताइन् ।

नजिकैका जंगल बाट दिउँसै आउने वाँदर र रातको समयमा आउने बँदेल, दुम्सी, खराया लगायतका जनावरले अन्य वाली लगाउँदा ज्यादै दुख दिने गरेकाले अदुवा खेती गरेको घिमिरेले बताइन् आम्दानी समेत राम्रो हुने भएकोले यसको खेती गरेका छौँ, । मख्यत जंगली जनावरको पीर अन्नवाली भन्दा धेरै उत्पादन हुने भएकोले अदुवा खेती यहाँका किसानले रोजेको कृषक कर्णबहादुर लिम्बुको भनाई छ । अन्नवाली जनावर बाट जोगाए पनि रोग किराले दुख दिने तथा मेहेनत समेत बढी लाग्ने भएको र आम्दानीका हिसालले अन्नवाली भन्दा धेरै फाइदा हुने भएकोले अदुवा खेती गरेको उनको भनाई छ ।

अघिल्लो वर्षको भन्दा मुल्य कम भए पनि यस स्थानका एक किसान परिवारले १ लाख देखि ५ लाख सम्मको अदुवा विक्रि गरेको स्थानिय कृषक मेघराज खतिवडाले बताए । अदुवा खेतीमा सम्भावना संगै जटिलता समेत भएको किसानको गुनासो छ । भनेको वेला प्राविधीक सहयोग रोगकिराको व्यावस्थापन मल, बिऊको उपलब्धता संगै उत्पादन भएको समयमा किसानले आफ्नो सामनको समेत मूल्य तोक्न नपाउँने र व्यापारीले मूल्ल निर्धारण गर्ने जस्ता समस्या भने जटिल रहेको कृषक खतिवडा बताउँछन् ।

आधुनिक कृषि प्रविधी बारे किसान जनकारी नहुदाँ समेत समस्या रहेको उनको भनाई छ । किसान लाई बजारको सुनिश्चतता हुनु पर्ने समेत यहाँका किसानका माग छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖