धनकुटामा लोक सेवा आयोगको ७५औँ वार्षिकोत्सव एवम् हीरक जयन्तीको अवसरमा माबि स्तरीय हाजिरी जवाफ प्रतियोगिता,गोकुण्डेश्वर बालमन्दिर माबि प्रथम

धनकुटा । लोक सेवा आयोगको ७५औँ वार्षिकोत्सव एवम् हीरक जयन्तीको अवसरमा लोक सेवा आयोग धनकुटाले आईतवार माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरेको छ ।

प्रतियोगतामा धनकुटा नगरपालिका भित्रको श्री गोकुण्डेश्वर मा=वि=सिरान बजार, श्रीगोकुण्डेश्वर बालमन्दिर माबि टुँडिखेल, श्री भाषा माबि कागते, श्री जनकल्याण माबि मार्गा तथा श्री त्रिवेणी माबि चुलीवनका विद्यार्थीहरूले भाग लिइएका थिए । सहभागि विद्यालयहरु मध्ये श्री गोकुण्डेश्वर बालमन्दिर माबि प्रथम भएको छ ।

त्यस्तै श्रीजनकल्याण माबि मार्गा द्वितीय स्थान र श्री गोकुण्डेश्वर मावि तेश्रो भएका छन् । साथै श्री भाषा माबि कागते र श्रीत्रिवेणी माबि चुलीवन सान्त्वना भएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने विद्यालयलाई ट्रफी तथा विद्यार्थीहरूलाई मेडल, प्रमाणपत्र तथा नगद पुरूस्कार प्रदान गरिएको थियो । त्यसैगरी द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयका विद्यार्थीहरूलाई मेडल, प्रमाणपत्र तथा नगद पुरूस्कार तथा अन्य सहभागी विद्यालयका विद्यार्थीहरूलाई प्रमाणपत्र र सान्त्वना पुरस्कार प्रदान गरिएको छ ।

प्रतियोगितामा लोक सेवा आयोग धनकुटाका कार्यालय प्रमुख, शिक्षा विकास तथा समन्वय इकाई धनकुटाका इकाई प्रमुख, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखा प्रमुखले प्रतियोगितामा भाग लिने विद्यालयका शिक्षक, विद्यार्थीको उपस्थिती थियो । यही अवसरमा लोक सेवा आयोग धनकुटा कार्यालय परिसरमा कार्यालयका कर्मचारीहरूले वृक्षारोपण समेत गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।