पाख्रिबासका राई ९ किलो गांजा सहित भेडेटारबाट पक्राउ
धनकुटा,३ असार । धनकुटाबाट लागुऔषध गांजा सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको पाख्रिबास नगरपालिका ८ मुगाका ४१ बर्षिया नारायण प्रसाद राई रहेका छन् ।
साँगुरीगढी गाँउपालिका ६ भेडेटार चोकमा इलाका प्रहरी कार्यालय, भेडेटारबाट खटिएको चेकिङ टोलीले हिजो सार्वजनिक सवारीसाधन चेकजाँच गर्ने क्रममा ताप्लेजुङबाट धरान तर्फ जादै गरेको प्र १-०२-००१ख ८६३८ नम्बरको बसमा सवार निज राईले बोकेको २ वटा झोलामा लागुऔषध गाँजा ९ किलो ९०० ग्राम फेला पारी परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
नियन्त्रणमा लिइएको राईको सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।


