मोरङमा ट्याक्टर चालकको आक्रमणबाट ट्रक चालक गम्भीर घाइते

विराटनगर । मोरङको कटहरीमा ट्याक्टर चालकको आक्रमणमा परेर ट्रक चालक गम्भीर घाइते भएका छन् ।

घटना कटहरी गाउँपालिका–३ स्थित इको पावर सोलुसन प्रा.लि नामक उद्योगभित्र बुधबार भएको प्रहरीले जनाएको छ । उक्त उद्योगमा गाडीका पुराना टायरहरु प्रशोधन गरिँदै आएको छ ।

को १ त ५९३३ नम्बरको ट्याक्टरले उद्योग परिसरमा माटो भर्ने काम गरिरहेको थियो । ना ५ ख ५६१६ नम्बरको ट्रक पुराना टायर लिएर त्यहाँ पुगेको थियो । ट्रकले टायर झार्दै गर्दा चालकहरुबीच विवाद प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ट्रकले टायर झार्ने क्रममा ट्याक्टरको बाटो रोकेको भन्दै ट्याक्टर चालक कटहरी–३ का अन्दाजी ३० वर्षीय दिपेश कामतले आक्रमण गरेका हुन् । कामतको आक्रमणबाट ट्रक चालक सर्लाहीको धुर्कौली घर भएका ५६ वर्षीय गार्खबहादुर दोङ गम्भीर घाइते भएका छन् ।

टाउकोमा चोट लागेका उनको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । ‘ट्रकले बाटो ‘ब्लक’ गरेको विषयमा २ जना चालकबीच विवाद भएछ । त्यसपछि ट्याक्टर चालकले लाट्ठीले ट्रक चालकको टाउकोमा प्रहार गरेको पाइयो,’ प्रहरी स्रोतले भन्यो ।ट्रक चालकको टाउकोको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । ट्रक चालक दोङमाथि आक्रमण गर्ने ट्याक्टर चालक कामतलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ ।-बेतना दैनिक

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖