धनकुटाबाट धरानतर्फ आउँदै गरेको यात्रुवाहक बसको डिकीभित्र भेटियो गाँजा, दुई जना पक्राउ
सुनसरी । धनकुटाबाट धरानतर्फ आउँदै गरेको यात्रुवाहक बसको डिकीभित्र गाँजा फेला परेको छ ।बा प्र ०१–००६ ख ६२६८ नम्बरको बस धरान उपमहानगरपालिका–१३ मा रोकेर बिहीबार साँझ प्रहरीले चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा बसको डिकीभित्र रहेको २ वटा सुटकेसमा लुकाइछिपाइ ल्याएको अवस्थामा ५० किलो गाँजा बरामद भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए ।
उनका अनुसार गाँजा बरामद भएसँगै बसमा यात्रा गरिरहेका भोजपुरको पौवादुङमा गाउँपालिका–६ का ३६ वर्षीय जीवनराज राई र ३१ वर्षीय आरएन राईलाई पक्राउ गरिएको छ ।
यस विषयमा इलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान गरिरहेको छ ।


