धरानमा श्रमदानका क्रममा बालिकामाथि यौन दुर्व्यवहार भएको खुलासा, एकजना पक्राउ

सुनसरी । श्रमदानका बेला १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ४९ वर्षीय खगेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ । धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा धरान १६ मा भएको श्रमदान भएका बेला बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा आरोमा प्रहरीले राईलाई पक्राउ गरेको हो । पीडितका परिवारले खगेन्द्रविरुद्ध किटानी जाहेरी दिएका छन् ।

किटानी जाहेरीपछि धरान-१७ पृथ्वीचोकका राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जवेगुले बताए । धरान बहुभाषिक पाठशाला निर्माणको श्रमदान चलिरहेको बेला बालिकामाथि यौन दुर्व्यवहार गरेको राईमाथि आरोप छ ।

पक्राउ परेका राई श्रमदाताहरूलाई खाना पकाउने काममा खटिएका थिए । बालिका आफ्नी आमासँग श्रमदानमा आएकी थिइन् । त्यही क्रममा राईले बालिकालाई फकाएर खाेल्सातिर लगी हातपात गर्न खाेजेकाे आराेप छ । घटना भएकाे बेला मेयर भने थिएनन् ।

पीडकलाई भगाउन सहयोग गरेको भन्दै अन्य दुईजनाविरुद्ध पनि किटानी जाहेरी परेको छ । श्रमदाता कुन्दन श्रेष्ठ र समीर तामाङविरुद्ध किटानी जाहेरी परेको प्रहरीले जनाएको छ । घटनाको दिन राईलाई पीडितकी आमाले कुटपिटसमेत गरेकी थिइन् ।

पीडित परिवारका सदस्यले भने, ‘हामीले प्रहरी बोलाउन खोज्दा कुन्दन श्रेष्ठले श्रमदाता मानसिक रोगी हुन्, यस्तालाई कुटेर केही फाइदा छैन, उल्टै बच्चीको बदनाम हुन्छ । छोरी मान्छे हो, पछि बिहे नहुन पनि सक्छ, यस्तो कुरा लुकाउनु पर्छ भने ।’

श्रेष्ठले सामान्य विषयले श्रमदानको बेइज्जत हुन्छ भन्दै घटना प्रहरीसम्म पुग्न नदिएको परिवारको भनाइ छ ।

पाठशालामा खोलाले कटान गरेपछि मेयर साम्पाङको नेतृत्वमा तारजाली लगाउन श्रमदान अभियान चलिरहेको छ । उपभोक्ता समिति बनाएर बिल लगिएपछि उपमेयर आइन्द्रविक्रम बेघाले रकम निकासा रोक्दा यहाँको श्रमदान विवादमा समेत परेको थियो ।

यही विषयले मेयर-उपमेयरको विवाद बढेपछि धरानले नयाँ बजेट पनि ल्याउन सकेको छैन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖