मोरङको रंगेलीबाट ३ सय ६५ ग्राम लागू औषध ब्राउन सुगर सहित ३ जना पक्राउ

मोरङ, असार २३ गते । मोरङको रंगेली नगरपालिका-८ स्थितबाट ३ सय ६५ ग्राम लागू औषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरीको लागू औषध दुर्व्यसन विरुद्दको महाअभियान अन्तरगत बिशेष सूचनाको आधारमा असार २२ गते दिउँसो साढे ३ बजे नेपाल प्रहरी केन्द्रीय लागू औषध अनुसन्धान ब्युरो काठमाण्डौ, लागू औषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रंगेली मोरङबाट खटीएको प्रहरी टोलीले कोठा भाडामा बस्दै आएका रंगेली-८ का ५४ बर्षीय कृत्यानन्द ठाकुरको कोठा खानतलाशी गर्दा उक्त परिमाणको ब्राउन सुगर फेला पारेको हो ।

ब्राउन सुगर बरामद गरेसंगै कारोबारमा संलग्न रहेका कृत्यानन्द ठाकुर, ३० बर्षीय शुशिल बुढाथोकी र भारत अररिया की ५० बर्षीया हसिना भन्ने बिजली खातुनलाई नियन्त्रणमा लिने क्रममा भाग्न खोजे पछि प्रहरीले १ राउण्ड गोली फायर गरी तीनैजनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले नगद १ लाख २१ हजार रुपैया समेत बरामद गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।