चार छात्रामाथि लामो समयदेखि यौन दुर्ब्याबहार गर्ने शिक्षक पक्राउ

मुकेश कुमार यादव/सिरहा, २३ असार। सिरहामा एकजना शिक्षकले आफ्नै छात्रामाथी लामो समयदेखि यौन दुव्र्यवहार गरेको घटना बाहिरिएको छ।

 

गाेलवजार नगरपालिका- ८ स्थित श्री जनता नमूना माध्यमिक विद्यालय चोहर्वाका शिक्षक हरि श्रेष्ठले चारजना बालिका माथी लामो समयदेखि यौन दुर्ब्याहार गरेको घटना सार्वजानिक भएको हो। 

 

नमुना विद्यालयमा अध्यनरत्त चार जना छात्राहरु माथी शिक्षक श्रेष्ठले कक्षामा पढाउने क्रममा संवेदनशिल अङ्गहरु छोइदिने, शरीर मुसार्ने अङगालो हालेर गाला सुमसुम्याउनेजस्ता क्रियाकलाप गर्ने गरेको पीडित बालिकाहरुले बताएका छन्। 

 

पीडित बालिकाहरु शिक्षक श्रेष्ठको दुर्ब्यावहारबाट आजित भएर अभिभावकहरुलाई घटना सुनाएका थिए। एकजना पीडित बालिकाले केहीदिन अगाडी नै  विद्यालयका  शिक्षिका रञ्जु सिंहलाई उनकाे हर्कतका बारेमा सुनाएका थिइन् । शिक्षिका रञ्जु सिंहले घटना थाहा पाए पछि प्रधानाध्यापक ब्रह्मदेव सिंहलाई सुनाइन् । प्रधानाध्यापक सिंहले शिक्षक हरि श्रेष्ठसँग तपाईको बारेमा यस्तो गुनासो आएको के हो ? भनि सोधीखाेजीसमेत गरेका थिए। 

 

 

घटना सार्वजानिक भएपछि शिक्षक श्रेष्ठ पीडित बालिकाको घरमै पुगेर आफुले बदनियतपूर्वक केही गरेको होईन्, यस विषयलाई धेरै अगाडी नबढाउन भन्दै माफिसमेत मागेकाे खुलेकाे छ ।

 

यता, बालिकाहरुका अभिभावकले भने आफ्नी छोरीहरु माथी यौन दुर्ब्याबहार गर्ने शिक्षक श्रेष्ठलाई कानुनी कारवाहीक अगाडी बढाउन विद्यालयसँग माँग गरेका छन्। प्रधानाध्यपक लगायत शिक्षक र केही व्यक्तिहरुले घटना सामसुम पार्ने प्रयास गरिरहेको जानकारी पाएपछि आक्रोसित स्थानियहरुले विद्यालयको प्रशासनिक भवनमा तोडफोड गरेका छन्। 

 

यस विषयमा प्रधानाध्यापक ब्रहमदेव सिंहलाई प्रतिक्रियालिन खोज्दा उनले भने, ‘म एउटा मिटिङमा छु, भेटेरै कुरा गरौंला, म माथी लगाईएको आरोपहरु सबै झुठो हो।’

 

मुक्ति नेपालका अध्यक्ष देवकुमारी रामले बालिकाहरुको कुरा सुन्दा उनीहरु पीडित रहेको प्रष्ट भएको बताए। उनले भने, ‘पहिलो कुरा यसरी बालिकाहरु यस्तो घटनामा प्रहरीसम्म पुग्दै पुग्दैन, उहाँहरु प्रहरीमै आएर दिएको बताए पनि बालिकाहरु पीडित रहेको भन्न गाह्रो छैन।’

इलाका प्रहरी कार्यालय गोलबजारले पीडित बालिकाहरुलाई थप स्पस्ट हुनका एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) सिरहा पठाएको छ। 

 

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार सिंहले भने विद्यालयलाई मदनाम गर्न केही शिक्षक र व्यक्तिहरु सक्रिय रहेको भन्दै उनिहरुले नै नियोजित रुपमा घटना खडा गरेको बताए। उनले भने, ‘कामचोर केही शिक्षकहरु र बाहिरकै व्यक्तिहरु विद्यालयलाई धारासायी बनाउने योजनामा छन्, उनीहरुकै ग्रयान्ड डिजाईनमा नियोजित घटना बनाएको हो।’

घटना सर्वाजिनक भएपछि शिक्षक श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा राखेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖