कलैया-वीरगञ्ज सार्वजनिक यातायात सेवा ठप्प

इन्दीप कोइराला/बारा, २५ असार । कलैयादेखि वीरगञ्ज हुँदै बारा-रौतहटका ग्रामीण भेगसम्म चल्ने सार्वजनिक यातायात सेवा अनिश्चितकालका लागि ठप्प भएको छ ।

 

बारा यातायात, पुरानो नारायणी यातायात र बारा गढीमाई यातायातले संयुक्त रूपमा मंगलबारदेखि यातायात बन्द गरेका हुन ।

 

तीनवटै संस्थाले सार्वजनिक सवारी सञ्चालनमा स्थानीय सरकार, ट्राफिक र प्रशासनको चरम लापरवाही र अव्यवस्थाको विरोधमा आन्दोलन सुरु गरेको घोषणा गरेका छन । उनीहरूले दश बुँदे ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै तत्काल सुधार नभए आन्दोलन थप चर्किने चेतावनी पनि दिएका छन ।

 

‘कलैया कुरूप बन्दै गएको छ, व्यवस्था छैन’
 

यातायात व्यवसायीहरूको मुख्य आरोप कलैया उपमहानगरपालिकाको असक्षमता र ट्राफिक प्रशासनको निष्क्रियता माथि केन्द्रित छ। संयोजक रामजी पटेलका अनुसार अव्यवस्थित पार्किङ, स्पष्ट पिक एन्ड ड्रप व्यवस्था नहुनु, बसपार्कको पूर्ण सञ्चालनमा नगरपालिकाको चासो नहुनु र सम्बन्धित निकायहरूसँग पटकपटक छलफल गर्दा पनि समाधान नआउनु प्रमुख समस्याहरू हुन । ‘कलैया कुरूप बन्दै गएको छ, व्यवस्थापन शून्य छ,’ पटेल भन्छन, ‘हामी व्यावसायिक सुझाव दिँदा पनि कसैले नसुन्ने स्थिति आयो। हामी बाध्य भएर सेवा बन्द गर्नुपरेको हो।’

ध्यानाकर्षण पत्रमा अवैध सवारी सञ्चालनको सवाल पनि उठाइएको छ। व्यवसायीहरूले क्षमता भन्दा बढी यात्रु बोक्ने, चालक अनुमति पत्र नलिई सवारी चलाउने र मोडिफाइ गरिएका सवारीलाई ट्राफिक प्रहरीले रोकटोक नगर्नु प्रति आपत्तिसमेत जनाएका छन्। उनीहरूले यस्ता सवारी साधन तत्काल नियन्त्रण गर्न र सबैका लागि ट्राफिक नियम समान रूपमा लागू गर्न माग गरेका छन ।

बन्दको अर्को कारण भनेकै आधारभूत पूर्वाधार नहुँदै पनि कर थोपारिएको प्रति उनीहरूकाे असन्तुष्टि रहेकाे छ । व्यवसायीहरू भन्छन, “हामी बसपार्कबाट सेवा दिन तयार छौं, तर बसपार्ककै न्यूनतम सुविधा पनि छैन। यस्तो अवस्थामा कर लगाइनु अन्याय हो।”

 

संयोजक पटेल भन्छन, “हामी समाधान खोज्न तयार छौं। संवादको बाटो खुला छ तर, राज्यले कर, दण्ड र नियम जबर्जस्ती लाद्ने शैली अपनाउँछ भने त्यो स्वीकार्य छैन।” यातायात सेवा बन्दले दैनिक यात्रुहरू मारमा परेका छन । ग्रामीण क्षेत्रबाट कलैया, वीरगञ्ज तथा अस्पताल, विद्यालय, कार्यालय जानुपर्ने नागरिकहरू विकल्पविहीन भएका छन ।

 

कलैया उपमहानगरपालिकाले भने समस्याको समाधानका लागि पहल भइरहेको जनाएको छ। तर, व्यवसायीहरूले तत्काल प्रत्यक्ष पहल नदेखिए आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएका छन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।