डेरामा झुण्डिएको अवस्थामा कार्यालय सहयोगी मृत फेला
रुकुम । रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ की २३ वर्षीया कोइली शाही शनिबार डेरामा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्।
शाही सिस्ने–५ मा डेरा गरी बस्दै आएकी थिइन्। साथीहरूसँग घुम्न जाने योजना बनाएकी उनी सम्पर्कविहीन भएपछि खोजी हुँदै जाँदा कोठामा मृत अवस्थामा भेटिएकी हुन्।
प्रहरीका अनुसार ढोका फोडेर हेर्दा उनी झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।
शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ। घटनाबारे अनुसन्धान जारी छ।


