आदिकविको जन्मजयन्तीमा एभरेष्टमा कविता प्रतियोगिता ,सुप्रिया प्रथम

विराटनगर । आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसर पारेर विराटनगरस्थित एभरेष्ट कलेजले खुल्ला कविता प्रतियोगिता आयोजना गरेको छ ।

कलेजमा अध्ययनरत विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका कवि एवं पत्रकार मीनकुमार नवोदितले उद्घाटन गर्नुभएको थियो ।

प्रतियोगितामा सुप्रिया रम्तेल प्रथम, सन्ध्या सिग्देल द्वितीय र सुशान्त श्रेष्ठ तृतीय भएका थिए । कलेजका शिक्षक खम्बसिंह नेपाल र प्रतिमा कार्कीको निर्णायक समितिले प्रतियोगितामा प्रतिस्पर्धीहरुमध्येबाट विजेताको नाम घोषणा गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि साहित्यकार नवोदितले पृथ्वीनारायण शाहले भौगोलिक रुपमा नेपाललाई एकीकरण गरेजस्तै भाषिक र सांस्कृतिक रुपमा आदिकवि भानुभक्त आचार्यले नेपाललाई एकीकरण गरेको चर्चा गरे ।

कला, साहित्य र सिर्जनामा लाग्ने व्यक्ति सधैं जीवन्त रहने उनले बताए । अरु क्षेत्रका जुनसुकै ओहोदामा पुगे पनि पूर्व हुने बताउँदै नवोदितले भने, ‘सिर्जनामा लाग्ने व्यक्ति कहिल्यै पूर्व हुँदैन । सिर्जनामा लागेको व्यक्तिलाई कहिल्यै पनि पूर्वसाहित्यकार, पूर्वकलाकार र पूर्वगीतकार तथा पूर्वगायक भनिँदैन । पूर्व नहुने एकमात्रै क्षेत्र हो कला साहित्य ।’ नवोदितले विद्यार्थीहरुलाई अहिलेदेखि नै एउटा निश्चित लक्ष्य लिएर अगाडि बढे सफलता प्राप्त गर्न सकिने भन्दै उत्प्रेरित गरे ।

कलेजका प्राचार्य टीकाराम पुरीले भानुभक्त आचार्यले नेपाली भाषा, साहित्यमा पु¥याएको योगदानको चर्चा गर्दै एभरेष्ट कलेजले पनि भानुभक्तको स्मृतिमा हरेक वर्ष साहित्यिक कार्यक्रम आयोजना गर्ने गरेको जानकारी दिए । उनले घाँसीको प्रेरणाले आदिकवि भएका भानुभक्तले नेपाली साहित्यलाई रामायण, बधुशिक्षा, प्रश्नोत्तरलगायतका कृति दिएको चर्चा गरे । पुरीले एभरेष्ट कलेज र स्कुलले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि कविता, वादविवाद, वक्तृत्व, चित्रकला, खेलकुदलगायतका प्रतियोगिता आयोजना गर्ने गरेको बताए ।

कलेजले पठनपाठनसँगै विद्यार्थीको चौतर्फी विकासका लागि ध्यान दिएको उनको भनाइ थियो । कार्यक्रममा सहायक प्राचार्य टीएन भण्डारी, शिक्षक खम्बसिंह नेपाललगायतले पनि भानुभक्त आचार्यको योगदानको चर्चा गरे । विजेता विद्यार्थीलाई कलेजले विशेष समारोहमा नगद र प्रमाणपत्रसहित पुस्कृत गर्ने जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।