सुनसरीमा १८ वर्षीया साली माथि भिनाजुले गरे गोली प्रहार गरि हत्या
सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका–६, महरम चोकमा सोमबार बिहान १८ वर्षीया अरसी खातुनमाथि गोली प्रहार हुँदा घटनास्थलमै मृत्यु भएको छ।
प्रहरीले प्रारम्भिक अनुसन्धानमा भारतीय नागरिक तथा भिनाजु नाता पर्ने अजाद मियाँ जटमाथि शंका गरेको छ।
हाल फरार रहेका २९ वर्षीय जटलाई खोज्न सीमा क्षेत्रमा निगरानी बढाइएको छ।
घटनाले गाउँ त्रसित बनाएको छ भने प्रहरीले थप अनुसन्धान जारी राखेको छ।


