खानेपानी नदिएको भन्दै केयुकल कार्यालयमा लगाईयो ताला

 काठमाडौं, ३० असार ।  आम जनता पार्टी (आजपा) निकटको आम सुकुम्बासी तथा अव्यवस्थित बसोबास संघले काठमाडौंको त्रिपुरेश्वर स्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को कार्यालयमा तालाबन्दी गरेको छ । 

 

 

खानेपानीको माग गर्दै विगत ६ दिनदेखी आन्दोलनरत सुकुम्बासी संघको माग सम्बोधन नगरेको भन्दै कार्यालयमा तालाबन्दी गरिएको आजपा प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् ।

 

सुकुम्बासी संघले विगत ६ दिनदेखी केयूकेएलको कार्यालय अगाडी धर्ना सहित कार्यालय घेराउ गर्दै आएको छ । आफूहरुको माग पुरा नभए नेताहरुको ढोका ढोकाका साथै सिंहदरबारमा समेत तालाबन्दी गर्ने चेतावनी आजपा प्रवक्ता साहले दिएका छन् । 

 

काठमाडौंको सुकुम्बासी बस्तीमा सरकारले खानेपानी रोकेको र आफूहरु खानेपानीको माग गर्दै सरकारको ध्यानाकर्षण गराउदै आन्दोलन गर्दा समेत माग सुनुवाई नगरेपछि बाध्यभएर कार्यालयमा तालाबन्दी गर्नुपरेको आजपा नेता त्रिभुवन साहले जनाएका छन् । 

 

सरकारको पटक–पटक ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाई नभएकाले बाध्य भएर आन्दोलनमा उत्रिएको सुकुम्बासी संघका अध्यक्ष कालबहादुर विकले जनाएका छन् । सरकारले खानेपानी नदिएर मानवता विरोधी आपराध गरेको उनले बताए । 

‘आजको २१औं शताब्दिमा आफ्नै देशका नागरिकलाई खानेपानीको हकबाट वञ्चित गर्ने मानवता विरोधी कार्य विरुद्ध हामी काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा धर्ना तथा विरोधको कार्यक्रम गर्न बाध्य भएका छौं । हामी हाम्रो मागको बारेमा सरकार र सम्बन्धित निकायलाई पटक पटक ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाई नभएपछि कार्यालय घेराउ गर्नु परेको हो,’ सुकुम्बासी संघका अध्यक्ष विकले भने । 

 

सहभागिहरुले हातहातमा खाली गाग्री बोकेर हामीलाई खानेपानी देउ भन्दै केयूकेएलको कार्यालय घेराउ गर्दै सरकारका बिरुद्धमा चर्को नारावाजी समेत गरेका छन् । ‘घरघरमा पानी दे, एक घर एक धारा यो नै हो हाम्रो नारा, खानेपानीको विभेद अन्त्य गर, खानेपानी आर्शिवाद होइन अधिकार हो, खानेपानी नदिने सरकार बेकार हो, खानेपानी चोर कुर्सी छोड’ लगायतका नारावाजी गर्दै आन्दोलन भइरहेको छ ।  

काठमाडौंको सुकुम्बासी बस्तीमा खानेपानी दिनुपर्ने र तराई मधेसमा देखिएको खानेपानीको समस्या तत्काल समाधान गर्नुपर्ने बारेमा आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले संसदमा निरन्तर आवाज उठाउदै आएका छन् । साहले देशैभरी देखिएको खानेपानीका साथै सिचाइको अभावमा किसानले धान खेती गर्न समस्या भोगिरहेको बारेमा सरकारको ध्यानाकर्षण गराएका थिए । 

 

संसददेखी सडकसम्म पानीको माग गर्दै सरकारको चर्को आलोचना भईरहेको छ ।

 

काठमाडौंको सुकुम्बासी बस्ती देखी तराई मधेसका जिल्लामा खानेपानीको माग गर्दै चर्कोरुपमा आवाज उठिरहेको छ । 

संसदमा सांसदहरुले तराई मधेसका जिल्लामा इनार, चापाकल सुकेकाले खानेपानीको अभाव भएको भन्दै त्यसको व्यवस्थापनमा सरकारले चासो नदिएको गुनासो सर्वसधारणले गर्दै आएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖