सशस्त्र प्रहरीद्वारा पशुपालन फर्ममा छापा, १ करोड ५८ लाखको अबैध समान बरामद

सर्लाही, ९ साउन । सशस्त्र प्रहरी बल, नेपाल सर्लाही २ गण र मलंगवा भन्सार कार्यालयको संयुक्त विशेष टोलीले सर्लाहीको ईश्वरपुर नगरपालिका–२ स्थित गएराती एकजना  तस्करको पशुपालन फर्ममा छापामारी ठूलो परिमाणको अवैध कपडा र चुरोट बरामद गरेको छ।

बिहीवार राती ८ बजेर ५ मिनेटमा सशस्त्र प्रहरी बल र मलंगवा भन्सारको टोलीद्वारा तुलसी पशुपालन फर्ममा गरिएको संयुक्त छापामारीबाट ३१ पोका अबैध कपडा र प्लाटिनियम ब्रान्डका ७० कार्टुन चुरोट बरामद गरेकाे हाे । बरामद कपडा र चुरोटको अनुमानित बजार मूल्य १ करोड ५८ लाख ५९ हजार रुपैयाँ बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ।

 

छापामारी गर्ने संयुक्त टोलीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गणका प्रमुख एसपी देव बहादुर चन्दको नेतृत्वमा ५१ जना सुरक्षाकर्मी र भन्सार अधिकृत कमल बहादुर खड्काको टोलीका ५ जना कर्मचारी सहभागी थिए। सशस्त्र प्रहरी बल, नेपाल प्रदेश २ का प्रमुख डिआईजी कृष्ण ढकालले न्युज कारखाना संग कुरा गर्दै लगातार रुपमा भइरहेको तस्करी नियन्त्रणको अभियान अन्तर्गत यो अहिलेसम्मकै ठूलो सफलता रहेको बताएका छन्।

ढकालले पदभार सम्हालेयता दुई महिनाको अवधिमा मात्रै प्रदेश २ भित्र विभिन्न १७ वटा अपरेसनमार्फत १७ करोड,१२ लाख ४६ हजार ४८६ रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान र १हजार २८०किलो।२१६ ग्राम लागुऔषध गाँजा र  ८२हजार,९६६ नशालु क्याप्सुल ट्रामाडोल हाइड्रोक्लोराइड बरामद गरिएको सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालयका प्रवक्ता एस एसपी सुरजसेन ओलीले जानकारी दिएका छन्।

 

डिआईजी दलालले चोरी तस्करी नियन्त्रणमा सुराकी प्रणालीको सशक्त प्रयोग तथा निगरानीको दायरा विस्तार गरिएकोले परिणाम देखिन थालेको उल्लेख गर्दै प्रवक्ता ओलीले आम नागरिकलाई पनि सूचना दिन आग्रह गरेका छन् 

 

बरामद सामान आवश्यक अनुसन्धानपछि भन्सार कार्यालय मलंगवामा बुझाइएको छ भने तस्करीमा संलग्नको खोजी तथा अनुसन्धान कार्य अघि बढाइएको सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालय बर्दिवासले जनाएको छ। मधेश प्रदेशमा पछिल्लो समय तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी कडा रुपमा प्रस्तुत भएको देखिएको छ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖